तनहुँमा रुपन्देहीका प्रहरी हवल्दार मृत फेला

नवलपुर टुडे
२०८१ चैत्र ४ | बिहान ०९:१२ बजे

तनहुँ। तनहुँमा प्रहरी हवल्दार मृत फेला परेका छन् । ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन् ।
चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो । रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार ओमबहादुर डिप्रेसनका बिरामी थिए । उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ ।
परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ ।























