माधव नेपालसँगको भेटवार्ता पश्चात् प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।
आज बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसितको भेटघाट पछि प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग वार्तालाप गरेका थिए ।
प्रधानमन्त्री सेर बहादुर देउवाले संसदबाट विश्वासको मत पाएसँगै अहिले सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा रहेको छ ।























