देश

सुर्खेतमा तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

जगत ठाडा मगर
२०७८ साउन ५ | बिहान १०:०४ बजे

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थको नष्ट गरेको छ ।

सुर्खेतका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट करिब सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए ।

सामाजिक अपराधका अधिकांश घटनाहरु मदिराका कारण उत्पन्न हुने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान सञ्चालन गरेको घर्तीको भनाइ रहेको छ ।

कमेन्टहरु