मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
सामुदायमा आधारित विपद जोखिम व्यवस्थापन तालिम सञ्चालन


बाजुरा , चैत ०३ । सामुदायमा आधारित विपद जोखिम व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । हिमाली गाउँपालिका समन्वय आई.एन. एफ. नेपाल आयोजनामा तीन दिने तालिम आज एक औपचारिक रूपमा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले उद्घाटन गरेका छन । उहाँले बताउनुभयो , “विपद भनेको जहिले पनि जतिखेर आउन सक्छ । हामी सबैले सचेत रहन जरुरी देखिन्छ । हाम्रो दुर्गम पालिकामा विपद समयमा विभिन्न विपद जोखिमलाई व्यवस्थापन गर्न आफू लगायत यहाँका विभिन्न निकायले सहयोगको पुर्ण रूपमा भुमिका रहेकोे छ । विपद न्यूनीकरण गर्न सहयोग गर्नका लागी आफू सधै लागिपरेको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।”
उहाँले बताउनुभयो , “विपद सम्बन्धि विभिन्न छलफल गर्न यसलाई कसरी रोकथाम गर्न सकिन्छ । यसमा निति नियम सम्बन्धि सामान्य जानकारी गराइने भएको छ । अहिले जलवायु परिवर्तन र भुकुम्प सम्बन्धि विभिन्न विषयमा छलफल गरिने भएको छ । वडाका विपद समितिलाई विपदको वडा र पालिका योजना बिषयमा छलफल गरिने भएको छ ।” तालिम अवधिभर सक्रिय भएर बस्नु हुनेछ । जुन तीन दिनको तालिम सम्पन्न गराउन सबैको भुमिका रहने भएको तालिम प्रशिक्षक लक्षमण निरौलाले बताउनुभयो ।
उहाँले बताउनुभयो , “कस्तो खालको विपद आगलागी भुकम्प बाढी पहिरो लगायत विपद हुन सक्छन् । आगलागी कसरी रोगथाम गर्न सकिन्छ । हाम्रो पालिका भित्रका विपदलाई न्यूनीकरण कसरी गर्न सकिन्छ त्यो सबैको जिम्मेवारी रहेकोे छ । विपद चाहिने सामाग्री दुर्गम वडामा व्यवस्था गरेका छौँ ।” तत्काल विपदलाई व्यवस्थापन गर्नलाई वडा गर्ने गरेको छ । यसलाई थप गर्नुपर्ने काम आफू पालिकाको तर्फबाट लागिपरेको छौँ । गाउँपालिकाले विपदबाट वार्षिक ५० लाख जति रकम विनियोजन गर्ने गरेका छौँ । रुख काटनु हुँदै आगामी लगायत बाढी पहिरोलाई रोकथाम गर्न पालिका सबै निकायको उत्तिकै जिम्मेवारी रहेकोे हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल अतिथि उपाध्यक्ष राजकाला सार्की, सातै वडाका वडा अध्यक्षहरु तालिम प्रशिक्षक लक्षमण निरौला, करुणा भट्टराई सहित ५० जनाभन्दा बढीको सहभागितामा सामुदायमा आधारित विपद जोखिम व्यवस्थापन तीन दिने तालिम आज उद्घाटन गरि सञ्चालन गरिएको आई.डि.एस. नेपाल हिमाली गाउँपालिका टिम लिडर लक्ष्मीप्रसाद जैशीले बताउनुभयो ।























