मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
धुलाचौर लगायत गाउँका स्थानीयलाई अध्यारोमा बस्न बाध्य


बाजुरा , चैत ०३ । विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय वासीलाई अध्यारो बस्न बाध्य भएका छन । हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर बजार लगायत वडा नम्बर ५ रुगिन, बछ्या र नदपाटा वडा नम्बर ४ को फैती र बोर्ता गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन । फागुन अन्तिम महिनादेखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन । बिजुुली हुँदा बजारमा विभिन्न विद्युत मार्फत काम गर्न सकिने काम सहजरूपमा गर्न सकिन्थ्यो । अहिले बजारमा बिजुलि बत्ती नहुदा कामकाज ठप्प रहेकोे धुलाचौर बजार व्यवसायी अग्नि पाण्डेले बताउनुभयो ।
विद्युत अवरुद्ध हुँदा गाउँका अधिकास मान्छेहरू अध्यारो कोठामा बस्नुपर्ने अवस्था रहेकोे छ । गाउँमा बिजुली समस्या भएका कारणको गाउँका धेरै मान्छेहरू राती सोलार टुकीको भरमा बस्नुपर्ने अवस्था आएको छ। बिजुली आएपछि उज्यालो काम मात्र नभई विद्युतय औजार मेसिन चलाउन सजिलोसँग कामगर्न सकिन्थ्यो । भने अहिले धुलाचौर बजार सहित गाउँका स्थानीयलाई बिजुली बत्तीको ४ दिनदेखि अहिलेसम्म बन्द भएका कारणको बजार अधिकास व्यवसायी साझ राति अध्यारो अवस्थामा बस्नुपर्ने स्थिति आएको हिमाली गाउँपालिका – ४ का किसिम मल्लले बताउनुभयो ।
कवाडी खोला लघु जलविद्युत आयोजना समस्या हुँदा हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन, नदापाटा र बच्छया वडा नम्बर ४ फैती र बोर्ता गाउँ बस्तिका घरपरिवारहरु अध्यारोमा बस्ने गरेको स्थानीय जनक मलालले बताएका छन । फागुन अन्तिम महिनादेखि अहिलेसम्म विद्युत समस्या आएपछि गाउँ घरमा सोलार टुकी प्रयोग गरेर उज्यालोमा बस्नुपर्ने अव्यवस्था आएको छ।
बिजुली बत्तीको भरमा बसेका गाउँका स्थानीय कतिपय गाउँघरमा भएको सोलार पनि बिग्रेको हुँदा अध्यारो कोठामा अन्धाधुन्ध बस्नुपर्ने अवस्था छ । गाउँका स्थानीयहरुलाई मात्र अध्यारो बस्नुपर्ने बाध्यता नभई धुलाचौर र कुवाडी बजार बासी राति अन्धकारमा बसेका छन ।
उहाँले बताउनुभयो , “कवाडी खोला लघु जलविद्युत आयोजना मुख्य समस्या आएको छ । त्यसको लागी बनाउने काम लागिपरेको छौँ । अबको ४/५ दिन भित्र विद्युत पुनः सञ्चालन गरिने काम अगाडी बढाएको कवाडी खोला लघु जलविद्युत सहकारी लिमिटेड व्यवस्थापक बिष्णु बहादुर कार्कीले बताउनुभयो ।”























