रौतहटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अशोक यादव
२०८१ चैत्र १ | मध्यान्ह ०७:१२ बजे

रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाकाे गरुडा नगरपालिका वडा नम्बर १ जयनगरमास्थित आज दुई माेटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार, घटनास्थलमै दुई जनाको मृत्यु भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार, दुर्घटनापछि स्थानीयले तत्काल उद्धार कार्य गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र आवश्यक अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। घाइतेहरूको अवस्था र उनीहरूको परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


















