मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
एक सातादेखि लगाइएको ताला स्वामीकार्तिकमा खुल्ला


बाजुरा , फागुन २८ । जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा एक सातादेखि लगाइएको ताला बुधबार (आज) खुलेको छ । आज बसेको आन्दोलनरत स्थानीय र गाउँपालिकाका अध्यक्ष सहितको वार्ता टोलीले विभिन्न बुँदाहरुमा सहमती गरेपछि ताला खुलेको हो ।
गाउँपालिकाका अध्यक्ष भरत रोकाया माथि विभिन्न आरोप लगाउदै एमाले र नेकपा समाजवादीका कार्यकर्ताले एक साता अघि ताला लगाएका थिए ।
उनीहरुले गाउँपालिकाले गर्ने डिपिआर प्रक्रिया विना प्रतिष्पर्धामा अध्यक्षले आफु खुसी निर्णय गरी प्रतिवर्ष ४० लाख घुस लिने गरेको,गाउँपालिकाले विनियोजन गरेको योजनाको ठेका प्रक्रियामा अध्यक्षल े निर्माण व्यवसायीहसंगको मिलोमतोमा ठेका पार्ने र कमिसन लिन जस्ता आरोप सहित आठ बुँदे आरोप सहित ताला बन्दी गरेका हुन् ।
आज बसेको तालाबन्दी गर्ने पक्ष र गाउँपालिका अध्यक्ष सहितको वातर्था टोलीले पालिका अध्यक्ष माथि लगाएका आरोप र उनीहरुका मागका विषयमा छलफल भएर दुबै पक्षले पालिकाको विकासका लागि हातेमालो गरेर अघि बढ्ने सहमती भएको गाउँपालिकाले जनाएको छ । पालिकाले आगामी वर्षबाट बजेट विनियोजन गर्दा विकास निर्माणमा प्रत्यक्ष लाभ हुने खालका योजना र नागरिकको सेवामा लाग्ने गरी काम गर्ने अध्यक्ष रोकायाको प्रतिवद्धता सहित ताला खुलेको हो । एक सातादेखि तालाबन्दी हुँदा दैनिक कामकाज ठप्प भएका थियो । आज बसेको दुई पक्षको बैठकबाट आन्दोलनरत र पालिका बीच सहमती भएपछि ताला खोलिएको हो ।























