देश

राज दर्लामी मगरको संयोजकमा गठन, मुलबासी प्रशिक्षण तथा आर्थिक सभा संचालनमा

नवलपुर टुडे
२०७७ अशोज २ | मध्यान्ह १२:०६ बजे

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनका प्रबास सभा मलेसियाका सचिब राज दर्लामी मगरको संयोजकमा मुलबासी प्रशिक्षण तथा आर्थिक सभा गठन गरि संचालनमा ल्याएको छ ।

एकाइशौं शताब्दीमा नेपालका बहुसंख्यक मुलबासी मंगोलहरु मान्छे भएरपनि पशु सरह बाँच्नु पर्ने भएकाले, अब नेपालका बहुसंख्यक मुलबासीहरु मान्छे भएर बाँच्न सक्ने बनाउनु र त्यसको लागि मंगोल अस्तित्व, आफ्नो हकअधिकारको निम्ति देशैभरी मंगोलवाद प्रशिक्षण संचालन गर्ने उदेश्य र बहुसंख्यक मानिसहरुलाई दास्त्वाबाट मुक्ति दिलाउन अनिबार्य मंगोल राष्ट्रबादको प्रशिक्षण दिने, र प्रशिक्षणको लागि आर्थिक संकलन गर्ने “मुलबासी प्रशिक्षण तथा आर्थिक सभा” का संयोजकले बताएका छन ।

यस मुलबासी प्रशिक्षण तथा आर्थिक सभाले देशैभरी मंगोल राष्ट्रवाद प्रशिक्षण चलाउने उदेश्य दिएर गठन गरिएको हो । यस सभाले अन्लाईनद्वारा पनि मंगोल राष्ट्रबाद प्रशिक्षण गर्ने उदेश्य रहेको छ । संघिय सभाका सर्बोच्च नेतागण, प्रबास सभा र “मुलबासी प्रशिक्षण तथा आर्थिक सभा” का सदस्यहरुको समन्वयमा गठन गरिएको हो ।

मुलबासी प्रशिक्षण तथा आर्थिक सभामा निम्न कार्य समिती रहेका छन । संयोजक राज दर्लामी मगर (मलेसिया) सचिब सोमाहाङ थुलुङ (कतार) केन्द्रिय कोषाध्यक्ष संघिय सभाका मुलसचिब बर्णबास दर्लामी ( नेपाल ) प्रबास कोषाध्यक्ष डम्बर राई (मलेसिया) कान्छाराम स्याङतान (कतार) सह-कोषाध्यक्ष सम्झना तामाङ (भारत) सदस्यहरु क्रमशः सिंहबहादुर तामाङ (मलेसिया), चन्द्र तामाङ (कतार) धन दुमि राई (कतार) मीन राना मगर (कतार) पल ठान्टी मंगोल (मलेसिया) प्रकाश राई (मलेसिया) प्रेम थापा मगर (साउदी) राज दुमि (कतार) रुपक बाङ्हिन्ह राई (कतार) रमेश थिङ (कतार) रोशन राई (कतार) सम्राट हार्वस थम्बु मंगोल (मलेसिया) अनिल थापा मगर (कतार) कमल मगर (मलेसिया) खम तामाङ (मलेसिया) माया भुजेल (नेपाल) इन्द्र वाम्बुले (मलेसिया) स्मिता थम्बु मंगोल (भारत) महेन्द्र बहादुर गुरुङ (साउदी) बिजय लिम्बु (मलेसिया) टपेन्द्र ठान्टी मंगोल (मलेसिया) सुमन मगर (मलेसिया) सबिन राई (मलेसिया) र सनम राई (मलेसिया) रहेका छन ।

त्यसैगरी प्रचारप्रसार सदस्य, सोनराज चाम्लिङ (कतार) र कुमार थापा मगर (कतार) रहेका छन भने, प्रशिक्षक
प्रमुख बक्ताहरु क्रमशः शक्ति चाम्लिङ राई (नेपाल) जीवन मंगोल (नेपाल) बिमला पुन मगर (नेपाल) र नरेन्द्र थुलुङ मंगोल (नेपाल) रहनुभएका छन ।

उक्त मुलबासी प्रशिक्षण तथा आर्थिक सभामा वरिष्ठ सल्लाहकार संघिय सभाका संयोजक वीरलाल वालाहाङ राई (नेपाल) प्रमुख सल्लाहकार संचारकर्मी जगत ठाडा मंगोल (नेपाल) सल्लाहकारहरु राज कुमार चाम्लिङ (कतार) हिमाल राई (साउदी) डम्बर राई (मलेसिया) चित्र वाम्बुले (मलेसिया) रहेका छन, र यस सभाको मुल्यांकन प्रमुख सन्तोष ठान्टी (मलेसिया) रहेको छ ।

सभाले भदौं १ गते झण्डा काण्डामा पक्राउ परेका ग्याल्जेन दोर्जे लगायत ९ जनाको टोलीलाई मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ सघिय सदस्य सेरफ तामाङको संयोजकमा बनेको संघर्ष समितीलाई कोषमा भएको रकम सो सभाले रातरात बैठक बसि रु.२५०००/-(अक्षेरुपी पच्चिस हजार) सहयोग गर्ने निर्णय गरे पश्चात यस सभाका केन्द्रिय कोषाध्यक्ष बर्णबास दर्लामी मगरको नाममा सभाले पठाएको उक्त रकम ग्याल्जेन दोर्जे नागरिक संघर्ष समितिलाई बुझाएको थियो ।

कमेन्टहरु