अपराध

भैरहवाबाट ब्राउन सुगरसहित कपिलवस्तुका तीन जना पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन २६ | मध्यान्ह ०८:११ बजे

बुटवल । भैरहवाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका- ३ बस्ने बर्ष २४ को विवेक पाण्डे, सोही स्थान बस्ने वर्ष २३ को स्वतन्त्र उपाध्याय र वर्ष १८ को अमजद खान रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई विशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका- ८ बैङ्क कोलोनीबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर २०५ ग्राम, बिभिन्न कम्पनीका मोवाईल ३ थान र डिजिटल तराजु १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छ ।

photo 2025 03 10 20 07 20

सो सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको कार्कीले बताए ।

photo 2025 03 10 20 07 23

कमेन्टहरु