मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

विधालय भवन जीर्ण, विद्यार्थीलाई पठनपाठनमा समस्या

उमेश रोकाया
२०८१ फाल्गुन २६ | मध्यान्ह ०३:११ बजे

बाजुरा , फागुन २६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभूत विधालयको भवन जीर्ण अवस्थामा रहेकोे छ । “यो वर्षभन्दा अघिल्लो सालको भुकम्पले गर्दा विधालयको भवन चर्किएको कारणले भवन अहिले जीर्ण रहेकोे छ । जीर्ण अवस्था रहेकोे भवनको कक्षा कोठामा पठनपाठन गरिरहेको कक्षा ८ छात्र मनोज रोकायाले बताउनुभयो ।” भवन चर्कनु संगै विशेषगरी बर्खा सिजनमा तल्लो कोठा भित्रबाट पानीको मुहान निस्किने खालको समस्या हुँदा कोठा बाहिर खुल्ला आकाशमा पढाई गर्नुपर्ने बाध्यता रहेकोे रोकायाले बताउनुभयो ।

अहिले पुरै विधालयको भवन जीर्ण अवस्था हुँदा सबै कक्षा विद्यार्थीहरु बाहिर चौरमा अध्यन गर्ने गरेका छौँ । भवन संगै कक्षा कोठा राम्रोसँग व्यवस्थापन नहुदा विधालयका बालबालिकालाई पठनपाठनमा समस्या आएको छ । विधालय भवन जीर्ण मात्र नभएर विद्यार्थी खेलकुद कार्यक्रम गर्नका लागी पनि फिल्ड सानो हुँदा धेरै जसो खेल खेल्न पाएको छैनन् । त्यसै कारणले हाम्रो विधालयका विद्यार्थी बाहिर अरु विधालयका विद्यार्थीहरु संग प्रतिस्पर्धा गर्न खेलकुद समस्याले गर्दा हार व्यहोर्नुपर्ने स्थिति आएको छ । विधालय भवनको व्यवस्थापन गर्ने सम्बन्धि निकायले ध्यानाकर्षण गराएको विद्यार्थीको भनाइ छ ।

उहाँले बताउनुभयो , “एक वर्षको अन्तरालमा तीनपटक निर्णय हिमाली गाउँपालिकामा पुर्‍याएको हो । बर्खा लाग्ने बित्तिकै विधालय कोठा भित्र पानीको मुहान आउन्छ । पानीको मुहानले गर्दा पनि बिदा सिजनमा तल कोठामा रहेका बेन्च र डेस्क माथिल्लो कोठामा राख्नुपर्ने अवस्था छ ।”

“यो ठाउँ नभएर अन्यत्र ठाउँमा सार्नुपर्छ भन्ने उद्देश्यले हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी सहित भवन कोठाको स्थिति हेरेर जानुभएको हो । अहिलेसम्म कुनै कुराको सुनाइ भएको छैनन् ।” कोठा भित्र समेत बर्खा समयमा पानीको मुल आउने गरेको प्रधानाध्यापक धनलाल पाण्डेले बताउनुभयो ।

यो भवन छोडेर डाढ वा गैरा भन्ने ठाउँमा सार्ने भनेर निर्णय गरेको छ । वडाबाट योजना छनोट गर्दा पहिलो विधालय भवनको व्यवस्थापन गर्ने एजेन्डा वडा अध्यक्षलाई गर्नु भनेको हो । वडा अध्यक्षले विधालय बारेमा कुरा राखी सकेपछि केही सुनाइमा आएनन् पाण्डेले बताउनुभयो ।

उहाँले बताउनुभयो , “विभिन्न कारणले भवनको व्यवस्थापन गर्न सकिएन । अबको दिनहरूमा यसको व्यवस्थापन गर्न लागेका छौँ ।” भवनको समस्या छ, यसलाई स्थानीय, प्रदेश र संघ सरकारलाई प्रक्रियाको कागजात पठाएको छ । गाउँपालिकाले भनेपछि यसको व्यवस्थापन गर्ने नसक्ने भएको हुनाले अब प्रदेश र संघ सरकारको मुख ताक्नुपर्ने अवस्था आएको छ । अघिल्लो पटक भनेका कुरा राखेको भवन सम्म बनेको छैन । हामीले आर्थिक व्यवस्थापन गर्ने सकयौ भने भवन सार्नुपर्ने अनिवार्य रहेकोे वडा अध्यक्ष प्रमलाल भण्डारीले बताउनुभयो ।

विधालय अन्य ठाउँमा सार्न रहर होइन, बाध्यता पानीको कारणले समस्या छ । सार्दै गर्दा आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन्छ । हामीले आर्थिक व्यवस्था गरेर संयोग र प्रस्थितिले हामीलाई यस्तो अवस्था पुग्यो । पहिलो भवन बनाउदा उपयुक्त ठाउँ ठान्ने गरेको थियोे । पहिला विद्यार्थी संख्या कम भएको कारणले यो ठाउँमा सारेको हो । अहिले गाउँको जनसंख्या संगै विधालयमा विद्यार्थीको संख्या वृद्धि हुँदै गर्दा अर्को ठाउँमा सार्नुपर्ने अवस्था छ । बर्खा सिजनमा कक्षा कोठामा मुल पानीका कारणले असहज भएको छ । यसका लागी प्रदेश र संघ सरकार संग पहल गरिएको भण्डारीले बताउनुभयो ।

कमेन्टहरु