घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिकमा भीरबाट लडेर एक जनाको मृत्यु

उमेश रोकाया
२०८१ फाल्गुन २६ | बिहान ०९:११ बजे

बाजुरा , फागुन २६ । जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार बेलुकी ७ बजेर २० मिनेटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरिक्षक जनक बोहराले जानकारी दिएका छन् । 

उनले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममा नदी नजिकै रहेको हाँडेको भीरबाट लडेर मृत्यु भएको बताए । 
स्थानीयले भण्डारी भीरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायव उपरिक्षक बोहराले बताएका छन् । 

मृतकको शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरिक्षको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । 

कमेन्टहरु