कोशी प्रदेश

उज्ज्वल सुनसरीकाे आयोजनामा अभिनन्दन तथा सम्मान समारोह सम्पन्न 

देवराजा यादव
२०८१ फाल्गुन २५ | मध्यान्ह ०६:११ बजे

सुनसरी । अन्ध्याराेलाई चिर्दै उज्यालो तर्फ मुल नारा सहित इनरुवा स्थापना र सरकारी कार्यालयका लागि जग्गादाताहरुलाई सम्मान गर्न अभिनन्दन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष शिवनारायण पण्डितकाे अध्यक्षता र नेपालका प्रथम राष्टपति रामबरण यादवकाे प्रमुख आथित्यतामा अभिनन्दन तथा सम्मान समारोह कार्यक्रम सम्पन्न भएको जनाएको छ।

उज्ज्वल सुनसरीका केदारप्रसाद पाेखरेलले सबै नकारात्मक र अन्ध्याराेलाई चिर्दै उज्यालो तर्फ लम्किन सन्देश दिने उदेश्यले ४० जनालाई सम्मान गरेको बताउनुभयो ।इनरुवा १ का समाजसेवी स्व. विश्वरमण पोखरेल (नानी बाबु), चिकित्साको क्षेत्रमा याेगदान गर्नुभएको स्व. डा. सोमन्तराज बस्नेत सहितको परिवारलाई सम्मान गरेको छ । आर्गनिक कृषि एवम प्राकृतिक जीवन पदातीको क्षेत्रमा याेगदान गर्ने रामधुनीका केदार पोखरेललाई समेत सम्मान गरेको छ ।

जिल्ला विकास समिति निर्माणका लागि सहयोग गर्नुभएको स्व. सभापति यादव,स्व. श्याम लाल मिश्र , इनरुवा ४ का स्व. गोसाई दास , स्व. रामजी दास महतो, स्व. श्रीप्रसाद भण्डारी, अच्युत खतिवडा,स्व. सखी महमद,डा. जितन प्रसाद मेहता , स्व. डा. केशरीराज कोइरालाका परिवारलाई सम्मानित गरेको जनाएको छ ।

photo 2025 03 09 18 16 56

त्यसैगरी जिल्ला अस्पतालमा जग्गादान गर्ने गोपाल कोइरालालाई पनि सम्मान गरेको जनाएको छ । स्व. मोहन लाल राठी,स्व. रतिलाल पौदार , स्व. मानकी पण्डित, स्व. पं. टंकनाथ दुगना, स्व. शेखरनाथ निरौला,स्व. रघुनन्दन महतो, स्व. दिल बहादुर श्रेष्ठ सहितको परिवारलाई सम्मान गरेको हो ।उज्ज्वल सुनसरीले अभिनन्दन तथा सम्मान समारोहमा जग्गादाताहरुलाई मराेप्रान्त सम्मान र ज्येष्ठ नागरिकलाई सम्मान-पत्र तथा सम्मानितहरुलाई दाेसल्ला र सम्मान पत्र सहित सम्मान गरेको आयोजकले जनाएको छ ।

जेष्ठ नागरिक सम्मान बाट सिताराम पौदार, युवा व्यवसायी वीरेन्द्र कुमार साह सहितलाई पनि साेही कार्यक्रममा इनरुवाका लागि गर्नुभएका अथाह सामाजिक योगदानहरु तथा समाजका प्रत्येक क्रियाकलापमा अग्रजको भूमिका निर्वाह गरी समाजमा योगदान पुऱ्याउनु भएकोमा यहाँका आगामी दिनहरु थप ओजस्वी एवं समाजसेवारत बनुन् भन्ने शुभकामनाका साथ यहाँलाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको करकमलबाट सम्मानित गरिएको छ । संस्थाका सचिव बिनोद कुमार साह,उपाध्यक्ष कुमारी मिरा पोखरेल र अध्यक्ष शिव नारायण पण्डित सहितको उपस्थितिमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विभिन्न क्षेत्रमा याेगदान तथा सहयोग गर्नेहरुलाई सम्मान गर्नुभएको थियो ।

इनरुवाकाे सत्यनारायण मन्दिर सेवा संघमा भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व गृहमन्त्री विजय कुमार गच्छदार, केन्द्रीय सदस्य राजिव काेइराला, नेता सिताराम मेहता, जनता समाजवादी पार्टीका नेता दिलिपचन साहु, एमालेका पाेष्टकुमार नेपाल सहितको उपस्थिति रहेको थियो ।

कमेन्टहरु