राजनीति

माओवादी केन्द्रको जागरण अभियान अचानक स्थगित

नवलपुर टुडे
२०८१ फाल्गुन २४ | मध्यान्ह ०५:११ बजे

रौतहट । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अचानक स्थगित भएको छ । राजावादीको गतिविधि बढेको भन्दै माओवादीले जागरण अभियान स्थगित गरेको हो । झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ।

संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन, संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्न एक महिने अभियान स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । अभियान अन्तर्गत शनिबार रौतहटमा कार्यक्रम भएको छ । जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् ।

तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।

कमेन्टहरु