कञ्चनपुरको बेलौरी नगरपालिकाका–३ का वडाध्यक्ष रिजालको निधन

नवलपुर टुडे
२०८१ फाल्गुन २४ | बिहान ११:११ बजे

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ।फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।
आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । रिजालको निधनबाट नगरपालिकाले महत्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताएका छन् ।























