शिक्षा

श्री त्रिनेत्र माध्यमिक विद्यालयमा ‘फेरि भेटाैँला’ कक्षा ९ ले गर्‍याे १० का विद्यार्थीलाई बिदाई

धर्मेन्द्र कुमार कुर्मी
२०८१ फाल्गुन २३ | मध्यान्ह ०९:११ बजे

विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाको श्री त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर विजयनगर गाउँपालिका- ७ मधुनगर अध्ययनरत कक्षा १० का विद्यार्थीलाई ‘कक्षा ९ द्वारा फेरि भेटौँ’ कार्यक्रम मार्फत बिदाई गरिएको छ ।

आगामी एसईई परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थीहरु तथा अभिभावकहरूले शुभकामना दिएका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय कुमार कुर्मीले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक बालाजी कुर्मीले र विजयनगर ७ को वॉर्ड अध्यक्ष दिनेश कुमार चौधरीले पनि परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भएको बताउँदै धैर्य र लगनशीलताका साथ परीक्षा दिन आग्रह गरे ।

बिदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका सम्झनाहरू बाँड्दै आफूहरूलाई विद्यालय परिवारको सदैव सम्झना रहने बताए। विद्यालयले परीक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूको सफलताका लागि शुभेच्छा व्यक्त गरेको छ।

photo 2025 03 07 21 01 12photo 2025 03 07 21 01 15photo 2025 03 07 21 01 18

कमेन्टहरु