घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जगन्नाथकाे भेडीगाेठमा आगलागी हुँदा लाखौंको क्षति

उमेश रोकाया
२०८१ फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

बाजुरा, फागुन २३ । बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका-१ पानीखाल लेखको भेडीगाेठमा आगलागि भएको छ । आगलागीबाट सोही गाउँपालिका-१ का अर्जुन गिरीको भेडी गोठमा रहेका चारवटा भेडा मरेको र नगद ४० हजार, त्रिपाल, बलांकेट, कम्मल, लुगाकपडा, खाद्यान्न, मोवाईल लगायतका सामग्री जलेर नष्ट भएका छन्।

भेडीगाेठमा चुलोमा आगो बलिरहेकाे बेला एकाएक चलेकाे हावाहुरीले आगलागी हुँदा चार भेडा सहित भेडीगाेठमा रहेका अन्य मालसामान जलेर नष्ट भएकाे जगन्नाथ गाउँपालिका १ का वडाअध्यक्ष गणेशराज गिरीले बताएका छन् । आगलागिबाट भएको क्षतीको विवरण संकलन गर्न प्रहरी सहितको टोली घटनास्थलमा गएको वडाअध्यक्ष गिरी बताएका छन् । आगलागिबाट भएकाे क्षति विवरण आउन बाँकी रहेको छ ।

कमेन्टहरु