सर्लाही । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सर्लाहीको मलंगवामा आयोजित जनसभामा साहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् ।
साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७८ सालदेखि प्रमुख सचेतको भूमिका निर्वाह गरेका थिए । पार्टी प्रवेशपछि नेता साहले अब माओवादीले मधेस आन्दोलनका बाँकी कार्यभार पूरा गर्नसक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बन्न पुगेको बताए ।




















