ब्लड क्यान्सरविरूद्व लडिरहेकी दिपिका श्रेष्ठलाई सहयाेग गर्न अपिल

रिदेन महर्जन
२०८१ फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

काठमाडौं । ब्लड क्यान्सरविरूद्व लडिरहेकी दिपिका श्रेष्ठलाई सहयाेग गर्न उनकाे परिवारले अपिल गरेकाे छ । काठमाडौं महानगरपालिका- १९ सुन्तागल्ली निवासी दिपिका श्रेष्ठ करिब चार बर्षदेखि ब्लड क्यान्सर रोग विरुद्व लडिरहनु भएकी अहिले भारतको डिल्लीमा रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलमा उपचारत छ ।
पहिला उपचारका क्रममा १ करोड २० लाख खर्च भई घरको आर्थिक अवस्था कमजोर भएको पारिवारिक स्राेत जनाए । सरकारले दिदै आइरहेको आर्थिक सहयोग अपुग भएकाे जनाउँदै अहिले उपचारका लागि करिब ८० लाख लाग्ने भएको छ । त्यसैले उनका परिवारले सहयोग गर्न सबैमा अनुरोध गरेका छ्न ।
पिपुल्स क्याम्पसबाट एम. बि.एस उत्तीर्ण गरेका क्यान्सरपिडित दिपिका श्रेष्ठलाई सहयोग गर्नका लागि सिटिजन्स बैंकको न्यूरोड शाखा खाता नम्बर ००७०१००००१४९००१०विरामी स्वय्मकाे मोबाइल नम्बर सम्पर्क भारतकाे ००९१९३१९३९५४६१ र नेपालकाे माेबाइल नम्बरमा ९८४११३३६१८ गर्न सकिनेछ ।

























