मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
एमालेका ईच्छुक विपरीत काङ्ग्रेस प्रवेश लिस्टमा राखीएको आरोप प्रति ध्यानाकर्षण


बाजुरा , फागुन २१ । नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले अनईच्छुक व्यक्ती नेकपा एमाले पाटीका नेपाली काङ्ग्रेस प्रवेश लिस्टमा नाम राखीएको भनि लगाईएको आरोप प्रति ध्यानाकर्षण गराएको छ । नेपाल काङ्ग्रेस एतिहासिक पाटी नेपाली काँग्रेसको द्रोसो गाउँ सम्मेलनमा पाटी प्रवेशाको क्रममा नेकपा एमाले पाटी परित्याग गरी निसर्त रूपमा नेपाली काँग्रेसमा प्रवेश गर्न हुने विरेन्द्र बहादुर मल्ल, अजुद्ध बहादुर मल्ल, चन्द्रजङ्ग मल्ल, ॐ शान्ति मल्ल, माया मल्ल, गोकुला मल्ल र प्रेम लाल मण्डारीलाई मात्र पाटीमा प्रवेश गरेका हुन ।
नेकपा एमाले हिमाली गाउँ कमिटीले प्रेस विज्ञप्ति निकाली अनईच्छुक व्यक्ती पाटी प्रवेश लिस्टमा राखीएको भनि लगाईएको आरोप पछि नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यस गम्भीर ध्यानाकर्षण गराएको छ । उल्लेखित व्यक्तिहरु बाहेक कुनै कसैको नाम प्रवेश लिस्टमा नराखीएको हुँदा उक्त विज्ञप्ति प्रतिशोधपूर्ण हतोसाइति मनस्थीतिको उपज हो भन्ने ठहर गर्दै यस्ता भ्रम पुर्ण झुठो लाल छानाको प्रचारको पछाडि नलागी दिन हुन हाम्रो पाटी सर्वसाधारण सबैमा हार्दिक अपिल समेत गरेको नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति पाटी सभापति तिर्थबहादुर मल्लले बताउनुभयो ।


















