घटना

लमजुङको पाउँदी खोलामा डुबेर एकको मृत्यु

नवलपुर टुडे
२०८१ फाल्गुन २० | मध्यान्ह ०३:११ बजे

लमजुङ । लमजुङको पाउँदी खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्लाको सुन्दरबजार नगरपालिका-५ थाक्ले बस्ने २७ वर्षीय दिपेन्द्र घिमिरेको सोही ठाउँस्थित पाउँदी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर अशक्त भएका उनलाई उपचारका लागि नमुना सामुदायिक अस्पताल सुन्दरबजार लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।

कमेन्टहरु