अपराध

नवलपरासी प्रहरीले ३२ बर्षपछि डाँका मुद्दाका फरार प्रतिबादी पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन २० | बिहान ११:११ बजे

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले ३२ बर्षसम्म फरार रहेका डाँका मुद्दाका प्रतिबादीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका- १३ का राम बहादुर गुरुङ रहेका छन ।

उनलाई डाँका मुद्दामा नवलपरासी जिल्ला अदालतले २०४८ भदौँ १८ गतेका निर्णयले ५ बर्ष २ महिना २५ दिन कैद र रु. २९०७ रुपियाँ सजाय हुने ठहर गरे पश्चात हालसम्म फरार रहेको कार्यालयका निमित्त सुचना अधिकारी एवम प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएका प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत परासी उपस्थित गराई कैद भुक्तानीका लागि कारागार चलान गरिएको थापाले बताए ।

कमेन्टहरु