चितवनको भेटघाट रेष्टुरेन्टमा काम गर्ने कामदार मृत फेला

नवलपुर टुडे
२०८१ फाल्गुन २० | बिहान १०:११ बजे

चितवन, फागुन २० । भरतपुर महानगरपालिका–२ शहिदचोक नारायणगढस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने एक कामदार मृत फेला परेका छन् । गोरखा अरुघाट गाउँपालिका–५ बयाक घर भई हाल सोही रेष्टुरेन्टमा काम गर्ने वर्ष ३३ को दिपक थापा मगर सोमवार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आइतवार राति खाना खाएर सुतेका मगरलाई सोमबार बिहान ७ बजे साथिहरुले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


















