निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
स्ववियु निर्वाचनः बुढिनन्दा क्याम्पसमा नेविसंघ सहित ३ संगठन दर्ता


बाजुरा , फागुन २० । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -२ कोल्टीमा रहेकोे बुढिनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ३ वटा विद्यार्थी संगठनले दर्ता गरेका छन्। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार फागुन १९ गते सोमबार ३ बजेसम्म तीन संगठन/समूह दर्ता गरिएको छ ।
निर्वाचन अधिकृत जयराम देवकोटाका अनुसार दर्ता हुने संगठनहरूमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल (क्रान्तिकारी) रहेको उनको भनाई छ।
निर्वाचन कार्यतालिका अनुसार संघ, संगठन र समूह दर्ताको प्रक्रिया निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको देवकोटाले जानकारी दिए । उनले यो प्रक्रियाले निर्वाचनको वातावरण थप सकारात्मक बनेको बताए।
स्ववियु निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।























