देश

सुदुरपश्चिम अछाममा जेसीबी दुर्घटना एक मृत्यु, २ जना घाइते

जगत ठाडा मगर
२०७८ साउन ४ | बिहान ०९:०४ बजे

कैलाली । अछाममा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका १४ कालागाउँमा जेसीबी दुर्घटना हुँदा ढकारी गाउंपालिका वडा नम्बर २ का ३७ वर्षीय रामबहादुर साउंदको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य दुई जना घाइते भएका छन्। घाइते दुई जनालाई उपचारका लागि मंगलसेन पठाइएको छ।

कमेन्टहरु