आज वर्षादेखि हिमपातसम्म

नवलपुर टुडे
२०८१ फाल्गुन १९ | बिहान ०७:११ बजे

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ ।
विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।























