पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

कर्णालीमा जल पर्यटन प्रबर्द्धनका लागि मोटरबोटको सम्भाव्यता अध्यन कार्यक्रम उद्घाटन

उमेश रोकाया
२०८१ फाल्गुन १८ | मध्यान्ह ०८:११ बजे

बाजुरा , फागुन १८ । कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि मोटरबोटको सम्भाव्यता अध्यन कार्यक्रम उद्घाटन गरिएको छ । आज एक कार्यक्रम बिच पिलु पादुकामा उद्घाटन गरेका छन । कर्णाली नदीमा जल पर्यटनको विकास गर्नको लागि हिमाली गाउँपालिकाको सहयोगमा हिमाली गाउँपालिका धुलाचौर देखि स्वामिकार्तिक खापर गाउँपालिका भामसम्म र्‍याफि्टङ सञ्चालन गरिएको थियो । र्‍याफि्टङ संगै कर्णाली नदीमा मोटरबोट सम्भाव्यता अध्यनका गर्नका लागि अध्यन गर्नुपर्छ, सम्भावना भएपछि अर्को वर्षबाट त्यो पनि सञ्चालन गर्नुपर्छ । भन्ने उद्देश्यका साथ हिमाली गाउँपालिकाको सहयोगमा हामी मोटरबोटको सम्भाव्यता गर्न लागेको अगुवा जनेश भण्डारीले बताउनुभयो ।

कर्णाली नदीमा मोटरबोटको अनुसन्धान नगरी कार्यक्रम सञ्चालन गर्ने, पछि विभिन्न समस्या आउन सक्छ । त्यसैले कर्णालीको उपभोग गर्न लागेका छौँ । कर्णाली उपभोग गर्ने , मान्छेको जीवन संग र आम्दानी जोड्न जल पर्यटन सम्भावना हुन सक्छ । यहाँ ड्याम्म बनेर विद्युत निर्माण हुन सक्यो भने यो क्षेत्रको जीवन माथि उठाउन सक्ने सम्भावना पनि रहेकोे छ । हिमाली गाउँपालिकाले मोटरबोटका प्राविधिक सहयोगले कर्णाली नदीमा मोटरबोट सम्भाव्यता अध्यन गरिरहेको भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “चारपाँच वर्षदेखि कर्णाली नदीमा पर्यटन कसरी भित्र्याउने भन्ने हिसाबले पर्यटक यसमा ल्याउनको लागि प्रचारप्रसार गर्नका लागि र्‍याफि्टङ गरेको ३/४ वर्ष भैसकेको छ । स्वामिकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका संयुक्त आयोजनामा र्‍याफि्टङ पनि सञ्चालन गरिएको छ । र्‍याफि्टङ सञ्चालन भैसकेपछी अहिले पनि र्‍याफि्टङ कारणले कर्णालीमा पर्यटन बढ्ने भैरहेको छ ।” प्रचारप्रसार हुँदै गएको छ । हामिले यसको भदौ महिनामा काठमाडौ गएको बेला स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया र आफू चितवन गएर नेपाल सीप कम्पनी संग कर्णालीमा मोटरबोट बारेमा कुरा बुझ्दा खेरी यसको सम्भावना हुनसक्छ, मोटरबोट चलाउन सकिन्छ भने यसको अध्यन गरि दिन्छौं सीप कम्पनी भन्यो, त्यही सिलसिलामा आज हामी मोटरबोट अध्यन गर्नका लागि यहाँ चलाउन सम्भावना छ कि छैनन् भनेर कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि मोटरबोटको सम्भाव्यता अध्यन कार्यक्रम उद्घाटन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

‘यदि यहाँ सम्भाव्यता छ, भने अर्को वर्ष देखि मोटरबोट ल्याएर तालिम गराएर यसका प्राविधिक समेत राखेर चलाउने मान्छे सहयोगी राखेर तालीम दिएर अथवा तलबाट केही समयका लागि मोटरबोट चलाउने प्राविधिक ल्याएर अर्को वर्षदेखि सुरु गर्छौं ।’ यदि यो कर्णाली सम्भावना भएन भने उहाँहरुले अध्यन गरेर जानुहुन्छ । हामीलाई प्रतिवेदन दिनुहुन्छ । अध्यन प्रतिवेदन आइसकेपछि हामीलाई प्रक्रिया गर्न सकिने भयो भने यसलाई प्रक्रिया अगाडि बढाएर सञ्चालन गर्ने । यदि सञ्चालन गर्न नसकिने भयो भने यसको अध्यन गर्दा फरक नपर्ने हुनाले अध्यनका लागि आउनुभएको छ । यसमा प्राविधिक टोलीलाई स्वागत तथा धन्यवाद दिएका छौँ । यसको बारेमा कर्णालीमा दुई तीन दिन राम्रो संग अध्यन गरेर भोलि कुनै किसिमको समस्या नआउने, यसले कर्णालीमा बग्दै गर्दा सञ्चालन गर्दागर्दै कुनै किसिमको समस्या नआउने किसिमले अध्यन गरेर सम्भावना छ कि छैन भनेर नेपाल सिप चितवनका प्राविधिक ल्याएर मोटरबोटको सम्भाव्यता अध्यन गरिएको छ । यहाँका मान्छेलाई मनोरञ्जन दिन र कर्णाली नदीमा पर्यटकलाई ल्याउन र यहाँका मान्छेलाई रोजगारी अवसरको सिर्जना गर्न, नदीको संरक्षण गर्नका लागि कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि मोटरबोटको सम्भाव्यता अध्यन गर्न सुरु गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

यदि कर्णाली नदीमा ड्याम्म बनेर विद्युत सञ्चालन हुने हो भने झन उपयोगिता हुने जस्तो लाग्छ । जब यहाँ पानीको ताल हुन्छ, पचास किलोमिटर सम्मको ताल बन्ने भयो यसको झन सम्भावना हुन सक्छ । ड्याम्म छिटो भइदियो भने राम्रो हुन्थ्यो । भोलि यहाँ पर्यटक आउने कर्णाली नदीको उपयोगिता हुने, यसका लागि अध्यन गर्यौ, सुरुवात गरियो हो , मोटरबोट सञ्चालन हुँदा साथ कुण्डा क्षेत्रका लागि राम्रो हुने भएको बताउनुभयो ।

कमेन्टहरु