धर्म–संस्कृति/रीतिथिति, मुख्य समाचार, समाचार, समाज, सुदुरपश्चिम प्रदेश

फैतिको लडी तनाई मेला अबधिभर मदिरा बेचबिखन गर्न निषेध

उमेश रोकाया
२०८१ फाल्गुन १८ | मध्यान्ह ०६:११ बजे

बाजुरा , फागुन १८ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ४ फैती गाउँमा लडी तनाई मेला अबधिभर अबैधानिक रुपमा मदिरा बेचबिखन तथा सेवन गर्न निषेध गरिएको छ । फैती गाउँमा परम्परागत रुपमा मनाउदै आएको लडी तनाई पर्वलाई सुव्यवस्थित ढङ्गले मनाउन सम्पुर्ण छिमेकी गाउँबाट पाल्नु हुने पाउनाहरुलाई हार्दिक स्वागत गरेका छन ।

गाउँको लडी तनाई मेला सञ्चालन अबधिभर कोहि कसैले अबैधानिक रुपमा मदिरा बेचबिखन तथा सेबन गर्न निषेध गरिएको छ । यदि मधिरा सेवन गरि होहल्ला गरेको पाइएमा सुरक्षाकर्मीको जिम्मा लगाई अवैधानिक रूपमा मधिरा बेच बिखन गर्नेलाई रु. ५ हजार र मधिरा सेवन गरि होहल्ला गर्नेलाई रु. ३ हजार जरिवाना गरिने लडी तनाई मेला ब्यवस्थापन समिती अध्यक्ष बम बहादुर मल्लले बताउनुभयो । मेला फागुन १८ देखि १९ गतेसम्म लाग्ने भएको छ ।

कमेन्टहरु