मधेश प्रदेश

रिङ्कुको घरमा पुगेर प्रचण्डले भने– रिङ्कुको न्यायका लागि सहयोग गर्छु

नवलपुर टुडे
२०८१ फाल्गुन १७ | बिहान ११:११ बजे

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित दिवङ्गत 

रिङ्कुकुमारी सदाको घरमै पुगेका छन्।

सामूहिक बलात्कारपछि मृत फेला परेकी १७ वर्षीया किशोरी रिङ्कुको परिवारलाई भेट्न शनिबार प्रचण्ड त्यहाँ पुगेका हुन्। घरमा परिवारजनलाई भेटेर प्रचण्डले रिङ्कुलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेको समयमा उनी रिङ्कुको घरमा पुगेर आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्‌मा आवाज उठाएको बताए।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएका थिइन्।

तर उनलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी माघ ३० मा घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

कमेन्टहरु