खेलकुद

नेशनल मेडिकल कलेजको सप्ताहव्यापी खेलकुद, विजेता खेलाडीलाई मेडल वितरण

रंजित चौरसिया
२०८१ फाल्गुन १६ | बिहान ०६:११ बजे

वीरगंज। वीरगंज महानगरपालिका -१५ स्थित नेशनल मेडिकल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजको बार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रम बिहीबार औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको थियो । उक्त प्रतियोगितामा मेडिकल कलेजकै एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरुले भाग लिएका थिए।

नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जैनुदिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले खेलमा सहभागी विद्यार्थीलाई विभिन किसिमका मेडलहरु वितरण गर्नुभएको थियो ।

मेडिकल कलेजका प्रिन्सिपल डा. केऐन सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी , एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्राध्यापक डा. एके कौशी, डेन्टलका भाइस प्रिन्सिपल प्राध्यापक डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गंगा गुरुङ, नर्सिङका भाइस प्रिन्सिपल प्राध्यापक डा. बबिता सिंह लगायतको उपस्थिति रहेकाे थियो।

कमेन्टहरु