खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि बडीमालिका

उमेश रोकाया
२०८१ फाल्गुन १५ | मध्यान्ह १०:११ बजे

बाजुरा , फागुन १५ । बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ । बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल भएकाे हाे।

प्रतियोगितामा  बुढीनन्दा नगरपालिका द्वितीय भएकाे छ । बुढीनन्दाले १८ स्वर्ण, ७ रजत र १० कास्य गरि ३५ पदक हात पारेकाे छ ।  त्यस्तै ११ स्वर्ण, १७ रजत र १३ कास्य सहित बुढीगंगा नगरपालिका तृतीय भएको छ । प्रतियोगीतामा ७ स्वर्ण, ११ रजत र २४ कास्य सहित खप्तड छेडेदह गाउँपालिका सान्त्वना भएको छ ।

कमेन्टहरु