मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
शैलेश्वरी माविले स्थानीय तह र आई.डि.एस. नेपालका प्रमुखलाई ज्ञापनपत्र


बाजुरा , फागुन १३ । शैलेश्वरी माध्यमिक विद्यालयले हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र आई.डि.एस. नेपाल कार्यकारी निर्देशक प्रकाश कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । हिमाली गाउँपालिका वडा नं. ४ फैती गाउँमा रहेको शैलेश्वरी माध्यमिक विद्यालयको भान्सा घर निर्माण शिलान्यास कार्यक्रम संगै प्रधानाध्यापक गोपानन्द पाण्डेले स्थानीय सरकार र गैरसरकारी संस्था प्रमुखलाई ज्ञापनपत्रसमेत दिएको छ ।
सर्वप्रथम हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र आई.डि.एस. नेपाल कार्यकारी निर्देशक प्रकाश कोइराला विद्यालयमा प्रवेश गरि विद्यालयको भौतिक तथा शैक्षिक अवलोकन गरि दिनुभएकोमा आभार सहित स्वागत गरेका छन । यस विद्यालयको सुधारका लागि शौचालय, बालमैत्री धारा, स्वास्थ्य र पोषणका विभिन्न कार्यक्रम साथै शैक्षिक सुधारमा अतुलनिय सहयोग गर्नु भएकोमा हामी आई.डि.एस नेपाल प्रति ऋणी रहेका विधालय परिवारले जनाएको छ । सुदुरपश्चिम प्रदेशको विकट बाजुरा जिल्ला त्यसमा पनि पिछडिएको हिमाली गाउँपालिका वडा नं. ४ स्थित शैलेश्वरी माध्यामिक विद्यालयमा आगमनले विद्यालय सुधारमा टेवा पुग्ने अपेक्षा राखेका छन । हुनेखानेका छोराछोरी शहरका राम्रा विद्यालय तथा महँगो बोडिङ तिर केन्द्रित भई सकेका र गरिब कमजोरका बालबालिका मात्र दुर्गम दूर दराज विद्यालयमा पढ्न बाध्य भएका छन्।
यस विद्यालयको शिर उच्च राख्नका लागि हिमाली गाउँपालिकाका दुर्गम वस्तीका छात्रा छात्रको शैक्षिक सुधारका लागि गाउँपालिकाबाट धेरै सहयोग भएको छ । अझै यसलाई सबल र सक्षम बनाउन सबै माध्यमिक विधालय एकिकृत हुने गरि यस विद्यालयलाई आवासीय विद्यालयको रुपमा संचालनका लागि हिमाली गाउँपालिका र आई.डि.एस. नेपालको विशेष सहयोगको अपेक्षा राखेका छौ । आजको युग विज्ञान र प्रविधिको युग भएकाले यसलाई चरितार्थ गर्नाका लागि प्राविधिक शिक्षा (JCT) जुनियर लेवलको कम्प्युटरको कक्षा पठनपाठन संचालनका लागि विद्यालयमा थप व्यवस्थापनको आवश्यक पहल गरि दिन हुन अनुरोध गर्दछौं ।
विद्यालयको शैक्षिक सुधारका लागि सुविधा सम्पन्न पुस्तकालय र विज्ञान प्रयोगशाला निर्माणमा विशेष पहल गरि दिनु हुनेछ भन्ने अपेक्षा गर्दछौं । खेलकुद राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने सरकारको मूल नारालाई साकार पार्न यस विद्यालयमा निर्माणाधिन अवस्था रहेको खेलमैदान मर्मत गरि यथासक्य संचालनमा ल्याई खेलप्रति रुचि पुरा गराइदिन हुन अनुरोध सहित माग राखेर ज्ञापनपत्र बुझाएको छ ।























