मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
स्वामीकार्तिक विद्यार्थीलाई झोला र स्टेसनरी सामाग्री वितरण


बाजुरा , फागुन १३ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका – ३ ठुलापाटा रहेको भैरव नाथ आधारभुत विद्यालयका अध्यनरत ८० जना विपन्न तथा दलित विद्यार्थीहरुलाई झाेला र कापी वितरण गरेको छ । सामाजिक अभियान्ता रिता साहीले उक्त विद्यालयका विद्यार्थीहरुलाई झाेला कापी सहयोग गर्नुभएको छ ।
उहाँले बताउनुभयो , “बाजुराको सबैभन्दा भुगाेलले दुर्गम स्वामिकार्ति खापर गाउँपालिकाका विपन्न दलित परिवारका बिद्यार्थी पढ्छन् । उक्त बिद्यालयका ८० जना बिद्यार्थी भाइबहिनीलाई काठमाडौ निवासी समाजसेवी दाइ मिङमा दोर्जे शेर्पाकाे ५५ जना बिद्यार्थीलाई, अमेरिका निवासी समाजसेवी ओङछु शेर्पा टष्ट्रका संस्थापक ओङ्छु शेर्पा र मिना गुरुङ शेर्पाले ५५ जना विद्यार्थीहरुलाई गरेको आर्थिक सहयोगले स्कुल झोला र स्टेसनरी सामाग्री वितरण गरेका सामाजिक अभियान्ता रिता साहीले बताउनुभयो ।”
बिकट ठाउँमा मलिन अनुहार भएका भाइबहिनीलाई यो सानोतिनो सहयोगले मुहारमा खुसि छाएको छ । आर्थिक सहयोग गर्ने दुबैजनालाई धेरै धन्यवाद दिएका छन । ९० प्रतिशत भन्दा बढि विपन्न तथा दलित विद्यार्थीलाई झाेला र कापी वितरण गरिएको शाहीको भनाइ छ ।
वितरण कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेस महाअधिवेशन प्रतिनिधि कमल बुढा रहनु भएको थियोे । उक्त कार्यक्रममा सञ्चालन अमृत शाहीले गरेका थिए । कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष कल्की शाही प्रधानाध्यापक दकिन्द सिहँ विद्यार्थी र अभिभावक लगायतकाे उपस्थितिमा विपन्न तथा दलित विद्यार्थीलाई झाेला र कापी वितरण कार्यक्रम गरिएको विधालय परिवारले जनाएको छ ।























