मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

नेपाल राष्ट्रिय आवि ४६ औं वार्षिकोत्सब सम्पन्न, जग्गा चन्दा दातृलाई सम्मान

उमेश रोकाया
२०८१ फाल्गुन १३ | मध्यान्ह ०८:११ बजे

बाजुरा , फागुन १३ । नेपाल राष्ट्रिय आधारभूत विधालय ४६ औं वार्षिकोत्सब तथा १२ जना जग्गा चन्दातालाई सम्मान कार्यक्रम गरिएको छ । हिमाली गाउँपालिका – ४ बोर्ता गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विधालय ४६ औं वार्षिकोत्सब भव्य रूपमा सम्पन्न गरिएको छ । विधालय आयव्यय सहित विधालयको प्रतिवेदन प्रधानाध्यापक जयराम पाण्डेले प्रस्तुत गर्नुभएको छ ।

उहाँले बताउनुभयो , “विधालयमा विद्यार्थीहरु सास्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप गरेका छन । क्रियाकलाप भाग लिने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप प्रथम, दितिय र तेस्रो स्थान हासिल गर्ने बालबालिकालाई पुरस्कार वितरण गरिएको छ ।” विधालयलाई जग्गा चन्दा दिइने दातृलाई गाउँ स्थानीय रत्न कार्की, अजविर कार्की, वीर बहादुर कार्की, शेरबहादुर कार्की, अंगराज कार्की, मनि कार्की, नरी कार्की, पर्वजीत कार्की, नन्द कार्की, नन्दरुपा कार्की, आर्यन कार्कीलाई सम्मान पत्र सहित दोसल्ला, खादा, टोपी लगाएर सम्मान गरिएको छ । १२ जना कार्की परिवारले २ हजार १ सय ४१ वर्ग मिटर जग्गा चन्दा गरिएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।

उहाँले बताउनुभयो , “२०७८ सालमा मौषमजन्य बिपदका कारण पहिरोले पुरै गाउँ नै जोखिममा पारेको र बस्ति बिस्थापित भएको अवस्थामा विद्यालयका सबै संरचनाहरु पूर्ण रुपमा क्षेती भई नयाँ स्थानमा भवन संरचना बनाई पठनपाठन गर्नुपर्ने स्थिति सृजना भएको र नयाँ ठाँउमा संरचना बनाउन जग्गा आवश्यक हुँदा सोही गाउँका स्थानीयले चन्दा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।”IMG 20250225 WA0012

कार्यक्रम प्रमुख अतिथि नेपाल राष्ट्रिय आधारभूत विधालय शिक्षक अभिभावक संघ अध्यक्ष लक्ष्मी चदरा प्रमुख अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी र हिमाली गाउँपालिका – ४ का वडा अध्यक्ष तथा हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डे बिशिस्ट अतिथि विधालय व्यवस्थापन समिति अध्यक्ष देउमल भण्डारी, वडा सदस्य लालबिर भण्डारी सहित शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थितिमा नेपाल राष्ट्रिय आधारभूत विधालय ४६ औं वार्षिकोत्सब सम्पन्न गरिएको प्रधानाध्यापक जयराम पाण्डेले बताउनुभयो ।

कमेन्टहरु