बुटवलबाट लागुऔषधसहित नवलपरासी प्रतापपुरका चमार पक्राउ


बुटवल । रुपन्देही प्रहरीले ठुलो परिणामका लागुऔषधसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका- २ गोपिगंज बस्ने बर्ष २८ को मनिराम चमार रहेका छन ।
विशेष सुचनाको आधारमा बुटवल उपमहानगरपालिका- १० चौरहा चोकबाट इलाका प्रहरी कार्यालय बुटबल र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लु ९५ प २७८३ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी सोमबार पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छ ।
उनको साथबाट फेनरागन १००० एम्फुल, डाईजेपाम १००० एम्फुल, नुफिन १००० एम्फुल, लु ९५ प २७८३ नं. को मोटरसाईकल: १ थान बरामद गरिएको छ । पक्राउ परेका चमारलाई रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई लागुऔषध कसुरमा इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको कार्कीले बताए ।























