विद्यालयमा भान्सा घर निर्माण सम्बन्धि सरोकारवाला बिच अन्तरक्रिया


बाजुरा , फागुन १३ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका स्थानीय सरकार आई.डी.एस. नेपाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक उपस्तिथिमा गाउँपालिका भित्रका संचालित सामुदायिक विद्यालयका दिवा खाजाका लागि भान्सा घर निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरोकारवाला बिच छलफल गरिएको छ ।
उहाँले बताउनुभयो, “बाजुरा पहिलोपटक विद्यालयमा भान्सा घर निर्माण गर्ने पहिलो भएको हुँदा बधाई दिएको छ । विद्यालयमा भान्सा घर बनाउनेमा पहिला हिमाली गाउँपालिका पर्छ । हिमाली गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम संग साझेदारी गरेर आई. डि.एस. नेपालको सहयोग नमूनाको रूपमा पालिका २२ वटा विद्यालय भान्सा घर निर्माण गर्ने लागेको छ । स्थानीयमा पाइने स्रोत साधन अधिकतम प्रयोग गरेर भवन निर्माणकार्य अगाडि बढाएको छ ।” पालिका सिङ्गो टिम वडा जनप्रतिनिधि तथा प्राविधिक निगरानीमा भान्सा घर गुणस्तरीय बनाउन कुरा टेवा पुर्याउने आई. डि.एस. नेपाल कार्यकारी निर्देशक प्रकाश कोइरालाले बताएका छन ।
उहाँले बताउनुभयो , “हिजो देखि शिक्षा क्षेत्रमा थुप्रै लगानी गरेको छ । आजभोलि पालिका निर्माण सुरु हुन लागेको भान्सा घर पहिलेबाट आई. डि.एस. नेपाल समन्वय गरेको थिए । दुर्गम पालिका भएकोले प्राय मान्छेहरू यहाँ आउन मान्दैन । यहाँका समस्याहरु देख्न पाएका छैनन् । विद्यालय लगायत यहाँका विकास काममा गर्दा प्रदेश र संघ सरकार कसैले सहयोग गरेको छैनन् । गाउँपालिकामा भौतिक पुर्वाधार देखि यहाको जनजीवन माथी उचालेर संगै लैजाने पर्ने अवस्था हुँदा समस्या भएको हो । सुरुमा नमुना दुईवटा विद्यालय भान्सा घर बनाउन पर्ने आएपछि पालिकाको तर्फबाट आफू आई. डि.एस. नेपाल संग सहकार्य गरेर अहिले सबै विद्यालयमा भान्सा घर निर्माण गर्ने लागिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
पालिका भरी विद्यालय भान्सा घर करिब २ करोड भन्दा माथि नै लगानी लगाएको छ । हाम्रो ठाउँ हामीले बनाउनुपर्छ भन्ने हिसाबले हामी गाउँमा लागि पर्यो त्यही तरिकाले सबै एकजुट भयौं भाने निर्माणकार्य भान्सा घर सजिलोसँग बनाउन सकिन्छ । सबैभन्दा विद्यालय बालबालिका कुपोषणबाट मुक्त बनाउनका लागि दिवा खाजा खुवाउने गरेको छ । यसलाई व्यवस्थापन गर्नका लागि विद्यालय भान्सा घर निर्माण गर्न लागेको अध्यक्ष मल्लले बताउनुभयो ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ । अथिती आई. डि.एस. नेपाल कार्यकारी निर्देशक प्रकाश कोइराला, जिल्ला संयोजक सुरेन्द्र जैरु सातै वडाका वडा अध्यक्षहरु विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक उपस्थितिमा कार्यक्रम गरिएको आई.डी.एस. नेपाल हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेजबहादुर शाहीले बताउनुभयो ।























