अपराध

ठमेलमा प्रहरी कुट्ने एमाले विद्यार्थी नेता जोशीलाई दश हजार धरौटीमा छाड्न आदेश

नवलपुर टुडे
२०८१ फाल्गुन १२ | मध्यान्ह ०६:११ बजे
काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा पक्राउ गरेका विद्यार्थी नेताहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश जारी गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले नागरिक न्युजलाई जानकारी दिए।

आदेशअनुसार अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ। यस्तै रमेश फुलारालाई भने १५ हजार रुपैयाँ धरौटीमा छाड्न भनिएको छ। माघ २४ गते राति ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि कुटपिट गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए। जोशी नेतृत्वको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट गस्तीमा रहेका प्रहरी हवलदार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि आक्रमण गरेको थियो।

 

कमेन्टहरु