स्वास्थ्य

विराटनगरकाे गाेल्डेन हस्पिटल प्रा.लीले १४औं वर्षमा प्रवेश

देवराजा यादव
२०८१ फाल्गुन १२ | बिहान ०७:११ बजे

 विराटनगर । विराटनगरकाे गाेल्डेन हस्पिटल प्रा.लीले १४औं वर्षमा प्रवेश गरेको छन् । विराटनगरकाे हस्पिटल चाेक स्थित सञ्चालित गोल्डेन हस्पिटल प्रा.लीले विराटनगर वडा नम्बर -११ जनपथ टाेलमा आफ्नै नयाँ भवनमा वार्षिकोत्सब आज सम्पन्न गरेको छ । उक्त हस्पिटल १०० शैयाको स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै कृत्रिम बुद्धिमत्ता ( एआई ) एकीकृत १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू, र एचओसीयू जस्ता अत्याधुनिक उपकरण उपलब्ध गराएको छ।

गोल्डेन हस्पिटलले कोशी प्रदेशका साथै छिमेकी राष्ट्र भारतका बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ। नेपालकै उत्कृष्ट सुपर स्पेसियालिटी टिमसहित अस्पतालले न्यूरो, ट्रमा, र आर ए म्यानेजमेन्ट जस्ता क्षेत्रहरूमा उत्कृष्टता हासिल गरेको जनाएको छन ।

अस्पतालले २०८१ साल मंसिरदेखि सिटिइभिटिको सम्बन्धन लिएर डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिन विषयमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गराइरहेको छ।गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम रौनियारले वार्षिकोत्सवको अवसरमा अस्पताललाई भाडाको घरबाट आफ्नै भवनसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

गोल्डेन अस्पतालले न्यूनतम शुल्कमा आकस्मिक सेवा, अपरेशन, र अन्य उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पताल प्रदेशकै उत्कृष्ट भवन, उपकरण, र दक्ष डाक्टरहरूको टिमसहित बिरामीहरूको विश्वास जित्न सफल भएको छ

कमेन्टहरु