खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
खेलाडीलाई शुभकामना साथै जिल्ला स्तरीय रनिङ शिल्डमा सहभागी


बाजुरा , फागुन १२ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका चौथो अध्यक्ष कप तथा पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता छनोट भएका खेलाडीलाई शुभकामना दिदै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पठाएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” अभियानका साथ हिमाली गाउँपालिका आयोजनामा पुष १० देखि १३ गतेसम्म रनिङ सिल्डमा समावेश भएका ८ वटा माध्यमिक विधालय खेलाडी मध्य छनोट गरिएका खेलाडीहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा गाउँपालिकाले शुभकामना दिएर पठाएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।
उहाँले बताउनुभयो , “जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा पालिकाबाट छनोट गरिएका ४७ जना खेलाडी ४ जना प्रशिक्षक २ जना पालिका तर्फबाट खेलाडी व्यवस्थापन गर्नका लागी पठाएको छ । पालिकामा एक हप्ता पुनः खेल विधा अनुसार खेलाएर खेलाडी भाइबहिनीहरुलाई खेल खेलाइ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा पठाएको छ ।” खेल क्षेत्रमा पहिलो वर्षभन्दा यो पटक केही स्थान हासिल गर्न सक्ने खालको खेलाडी भाइबहिनीलाई खेल अभ्यास गराएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्डमा हिमाली गाउँपालिका खेलाडीहरु पालिकाले खेलाडीहरुलाई सहभागी गराएको छ । गाउँपालिकाबाट छनोट भएका सबै खेलाडी भाइबहिनी जितको शुभकामना दिएर जिल्लामा पठाएको अधिकृत भण्डारीले बताउनुभयो ।























