मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
विधालय, स्वास्थ्य संगै योजना अनुगमन


बाजुरा , फागुन ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा विधालय, स्वास्थ्य र योजना वडा स्तरीय अनुगमन गरिएको छ । वडा भित्र रहेका सरकारी कार्यालय स्थलगत टोलमा वडा अध्यक्ष प्रेमलाल भण्डारी संयोजक नेतृत्वमा अनुगमन कार्य भएको छ । पाँडी गाउँमा रहेकोे खोली डाडा आधारभूत विधालय अनुगमन गर्दा रेमेडियल कक्षाको पढाइमा गुणस्तर बढेको छ । स्कुलमा शिक्षक पुर्ण सहभागिता रहेकोे दिवा खाजा निरन्तर खुवाउने गरेको देखियो । अहिले स्कुलमा आउने दिवा खाजा खाद्यान्न सामाग्री नहुदा अहिले विद्यार्थीहरुले खान नपाएको भेटिएको वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताउनुभयो ।
उहाँले बताउनुभयो , ” विधालयमा कम्प्युटर शिक्षक र त्यसमा आवश्यक सामाग्री चाहिने भएको छ । स्कुलका कर्मचारीको लापरबाहीले कक्षा कोठा फोहोर भएको देखिन्छ । शिक्षक कर्मचारीहरु विधालयको कार्यालय खोलेको समय भित्र उपस्थिति हुनुपर्नेछ ।” विद्यार्थी अझ पढाई सुधार ल्याउन मासिक एक पटक कलास जाच लिनुपर्ने देखिन्छ । स्कुलमा पुस्तकालय व्यवस्थापनमा कमजोरी देखिएको यसलाई सुधार गर्नुपर्ने अवस्था छ । विशेषगरी बर्खा सिजनमा विधालय कक्षा कोठामा पानी भित्र निस्कने खालको समस्या हटाउन वैकल्पिक उपाय अपनाउनु पर्ने स्थिति रहेकोे वडा सदस्य बिष्णु राज पाण्डेले बताउनुभयो ।
उहाँले बताउनुभयो , ” पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मीले सेवा लिने आउने स्थानीयलाई गुणस्तर सेवा प्रधान भएको छ । गाउँमा स्वास्थ्य सेवा स्थापना भएपछि सानोतिनो बिरामी गाउँमा भएको स्वास्थ्य सेवामा उपचार हुने गरेको देखिन्छ ।” यसलाई अझ सेवा प्रभावकारी बनाउन नियमित स्वास्थ्यकर्मी कार्यालय सञ्चालन गर्ने समय अवधिमा खुलाउन सकियो भने यहाँका सर्वसाधारण सेवा लाभ लिन सकिने भएको छ । स्वास्थ्यकर्मी कर्मचारी आकस्मिक काम बाहेक अरु समय जनतालाई स्वास्थ्य सेवा भएको महसुस गर्न सधै कर्मचारी कार्यालय रहनुपर्ने अनुगमन समितिले जनाएको छ । ” विगत दिनमा जस्तोसुकै भएपनि आउने दिनमा स्वास्थ्य सेवा दिनका निम्ति आफ्नो जिम्मेवारी पूरा गर्ने पाँडी आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख रामशरण भण्डारीले बताउनुभयो । “
टोलमा भएका आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन रकमका निर्माण योजनाहरु अनुगमन गर्ने काम भएको छ । विशेषगरी खानेपानी, मन्दिर, बाटो, सिचाइ, सडक लगायत क्षेत्रमा बढी अनुगमन जोड दिएको छ । गाउँपालिका प्राविधिक कार्यालय बनाएको लागत अनुमान अनुसार फिल्ड काम हेर्न प्रत्यक्ष स्थलगत रूपमा हेरफेर गरिएको छ । प्राविधिक हिसाबले बनाएको लागत अनुमान गरेको नियम विपरीत काम गर्न नदिन जतिको कामको मुल्यांकन अनुसार रकम दिइने भएको छ ।
उहाँले बताउनुभयो , ” वडा टोलमा निर्माण गरिएका योजना गुणस्तर बनाउन वडा जनप्रतिनिधि र कर्मचारी अनुगमन जुटेका छन । विगत निर्माणका काम भन्दा फरक ढंगले निर्माणकार्य अगाडि बढाउन लागि स्थलगत अनुगमन गरिएको छ ।” योजना गाउँ बस्तीमा दिगो दरिलो बनाउन वडा प्राविधिक नापजाँच गरेर योजनाको साइट गएर हेर्ने गरेको छ । वडामा योजनालाई विकास मुहार फेर्न स्थलगत निर्माण काम अनुगमन गरिएको वडा सदस्य धर्मजित शाहीले बताउनुभयो ।























