खेलकुद, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जिल्ला स्तरीय रनिङ शिल्डको अवधीभर बुढीगंगामा मदिरा विक्री गर्न निषेध

उमेश रोकाया
२०८१ फाल्गुन ११ | मध्यान्ह ०८:११ बजे

बाजुरा , फागुन । बुढीगंगा नगरपाािलकाले फागुन १२ गतेबाट नगरपालिकामा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अवधीभर मदिरा विक्री गर्न निषेध गरेको छ । नगरपालिमा रहेको भोनोदय माध्यामिक विद्यालयमा सञ्चालन हुने प्रतियोगीता आगामी फागुन १५ गतेसम्म सञ्चालन गरिने गरी तयारी पूरा गरिएको छ ।

मदिराका कारण कतिपय उच्छृङ्खल गतिविधि हुने भएकाले उक्त क्रियाकलाप रोक्न यस्तो निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । खेलकुदका गतिविधि सञ्चालन भईरहेको स्थानमा मदिरा सेवन गरी प्रवेश गर्ने, होहल्ला गर्ने, झैं-झगडा तथा कार्यक्रम सञ्चालन स्थल भन्दा करिव ५ सय मिटर आसपासमा मदिरा विक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाईएको छ ।

नगर सरकारले गरेको निर्णयको अवज्ञा गरी मदिरा विक्री वितरण तथा ओसार पसार गरेमा कानुन बमोजिम कारबाही समेत गर्ने गरी निर्णय गरिएको छ । नगरमा पहिलो चोटी सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतालाई भव्य, सभ्य तथा मर्यादित तरिकाले सम्पन्न गर्न भूमिका खेल्न आग्रह समेत गरिएको छ ।

कमेन्टहरु