कर्णाली प्रदेश

भुमि आयोग मुगुका नवनियुक्त सदस्यहरुले पद तथा गोपनियताको शपथ

तपेन्द्र एडी
२०८१ फाल्गुन ११ | मध्यान्ह ०८:११ बजे

मुगु । भूमि समस्या समाधान आयोग, मुगुका नवनियुक्त सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

आयोगका विज्ञ सदस्यमा नियुक्त प्रबल कुमार चौंलागाई, सदस्य डिल बहादुर मल्ल र सुर्य देबी मल्लले आईतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो। उहाँहरूलाई भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष राम बहादुर रावतले शपथ ग्रहण गराउनु भएको हो ।

नेकपा एमालेको कोटाबाट भूमि सम्बन्धी विज्ञ एक सदस्य र अर्को एक सदस्य गरि २ जना र नेपाली काँग्रेस निकट एक जना भूमि समस्या समाधान आयोग, मुगुका अध्यक्ष र एक जना सदस्य नियुक्त हुनु भएको थियो ।

भूमि समस्या समाधान आयोग समन्वय समितिले पूर्णता पाए संगै सबै पक्षको साथ, सहयोग लिएर भूमि सम्बन्धीका समस्या समाधान गर्ने प्रतिबद्धता भूमि समस्या समाधान आयोग मुगुका अध्यक्ष राम बहादुर रावतले व्यक्त गर्नुभयो ।

कमेन्टहरु