अपराध

कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन ११ | मध्यान्ह ०७:११ बजे

कपिलवस्तु । कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन्। प्रहरीले १४ किलो ७७४ ग्राम लागुऔषध चरेससहित पक्राउ गरेका हुन। कृष्णनगर नगरपालिका-२ यात्रुगेटस्थित शंकास्पद रूपमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूका साथबाट चरेस जस्तो देखिने पदार्थसहित २ महिला र १ पुरुष पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका-५ का ४८ वर्षीय प्रेम सरी रोका, रुकुमको भुमे गाउँपालिका-२ का ३६ वर्षीय सरिता पुन मगर र रोल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन्।

सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा प्रेम सरी रोकाको साथबाट ५ किलो ९६८ ग्राम, सरिता पुन मगरको साथबाट ५ किलो ६६८ ग्राम र सुकलाल घर्ती मगरको साथबाट ३ किलो १२८ ग्राम चरेससहित मोबाइल ३ थान बरामद भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।

कमेन्टहरु