कपिलवस्तुमा १५ महिने बालककाे नालीमा डुबेर मृत्यु

नन्द किशोर कुर्मी (लालु)
२०८१ फाल्गुन ९ | मध्यान्ह ०८:११ बजे

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ गणेशपुरमा १५ महिने बालककाे नालीकाे पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय महिपाल धाेबीका छाेरा हिमान्शु धाेबीकाे घर अगाडी नालीकाे पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नालीमा ढक्कन नभएको र नालीकाे पानी विभिन्न ठाउँमा बाँधिएकोले पानी जमेको ठाउँमा बालक मृत्यु अवस्थामा फेला परेकाे हाे ।
घरमा बुवा आमा नभएको बेला करिब दिउँसो २:३० बजेतिर आगनमा खेल्ने क्रममा नालीमा बालककाे मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
शिवराज अस्पताल बहादुरगञ्जमा शवलाई पाेष्टमार्टम गरि परिवारलाई शव बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।























