मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि
बाजुराबाट सिमकोट हिडेका भिम थापा एक सातादेखि सम्पर्क बिहिन


बाजुरा , फागुन ०९ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नं. २ रुम्दी बस्ने अन्दाजि ३८ वर्षका भिम बहादुर थापा एक सातादेखि हराएका छन । माग २८ गते धुलाचौरबाट हुम्ला जिल्ला ताजाकोट गाउँपालिका – २ मेलडुस्का स्थिति कवाडी जलविद्युत आयोजनाको सिमिकोटमा राष्ट्रिय वाणिज्य बैँकमा गएर विद्युतको खाता संचालन गर्न जाने भनि हिडेको थापा फागुन २ गते दिउँसो १ बजेबाट सम्पर्क बिहिन भएको उनको श्रीमती बिसकला थापाले बताउनुभयो ।
हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा होटल व्यवसायी गर्दै आइरहेका भिम बहादुर थापा माघ २८ गते आफ्नो नागरिकता बोकेर हुम्ला जिल्ला सदरमुकाम सिमकोट जान्छु भनेका थापा अहिले बेपत्ता परेका छन । माघ २९ गते फोन सम्पर्क गर्दा सिमकोट काम भैसकेको गाडी भेटिएपछि फर्किने खबर भएको हो । फागुन २ गते बिहान ११ बजेसम्म उनको मोबाइल घरबाट सम्पर्क गर्दा कुराकानी हुने गरेको थियोे । त्यसै दिनको दिउँसो १ बजेबाट आजसम्म फोन सम्पर्क नहुदा घरपरिवार चिन्ताजनक भएका छन ।
धुलाचौर पुग्छु भनेको थापा हालसम्म घरमा फर्कि नआएको हुँदा घरपरिवार आफन्तहरुसँग सम्पर्कमा नरहेको हुँदा हुलिया भएको मानिस कतै फेला पार्नहुने महानुभावले नजिकैको प्रहरी चौकी तथा उनको श्रीमती बिसकला थापा सम्पर्क ९७६७८९३३३१ मा सम्पर्क गरिदिनहुन उनका परिवारले अनुरोध गरेका छन ।























