अपराध

वीरगञ्जबाट लागुऔषध चरेशसहित महिला पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन ८ | मध्यान्ह ०३:११ बजे

वीरगञ्ज । पर्साबाट लागुऔषध चरेशसहित महिला पक्राउ परेका छन । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका- २ बुनियाद घर भई वीरगञ्ज महानगरपालिका- १६ बसपार्कमा भाडामा बस्ने वर्ष ३० की आरती यादव रहेकी छिन ।

उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका- १६ शंकराचार्य गेटमा बुधबार पक्राउ गरेको हो । उनलाई नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागुऔषध चरेश ११ केजी ४०० ग्राम फेला पारी पक्राउ गरिएको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक सुवास भट्टले जानकारी दिएको छ ।

उनी विरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको भट्टले बताए ।

कमेन्टहरु