घटना

पाँचथरको फाल्गुनन्द ३ का वडाध्यक्ष नेम्वाङको निधन

नवलपुर टुडे
२०८१ फाल्गुन ७ | बिहान ०९:११ बजे

फिदिम, फागुन ७ । पाँचथरको फाल्गुन्द गाउँपालिका ३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । उहाँलाई लामो समयको उपचार पश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनु भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ कुशल भलिवल खेलाडी समेत हुनुहुन्थ्यो ।

कमेन्टहरु