मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाका अध्यक्ष तामांग चयन


बाजुरा , फागुन ०५ । फोनिज अर्थात् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, हुम्ला शाखा गठन भएको छ । यो शाखामा हुम्लााबाट स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरका विभिन्न सञ्चार माध्यमहरुमा क्रियाशील पत्रकारहरुको सहभागी रहेको छ । यो नवगठित शाखामा नौ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्षमा नरजन तामांग (नेपाल टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिक, हुम्ला संवाददाता), उपाध्यक्षमा छपाल लामा (रेडियो कैलास एफका समाचारवाचक तथा कार्यक्रम सञ्चालक) कोषाध्यक्षमा अविनाश लामा (कर्नाली रैबार डट कम अनलाइन), सचिवमा भक्तराज ऐडी (फिल्को मिसन डट कम अनलाइन), सहचिवमा मिग्युर लामा (रेडियो कर्नाली आवाज एफ एम, हुम्ली भोटे भाषाका समाचारवाचक), सदस्यहरुमा ऐटन रावल (रेडियो कर्नाली आवाज एफ एम), कमिलाल ऐडी, छवांग लामा र कुन्सांग लामा रहेको जानकारी नवगठित हुम्ला शाखाका अध्यक्ष नरजंन तामांगले दिएका छन् ।
२०४६सालमा आएको बहुदलिय व्यवस्थाको स्थापनासँगै विभिन्न प्रकारका दबीएका आवाजहरु उठन थाले । त्यसको परिणाम स्वरुप खुला रुपमा लेख्न र बोल्न पाए । यसको सकरात्मक परिदृष्यमा भौगोलिक, भाषिक तथा पहिचानको मुद्धा र सवालहरु उठन थाले । यसैले पनि पहिचानको लागि, पेशागत वकालतका लागि अधिकारका लागि विभिन्न प्रकारका संघ संगठनहरु गठन गर्ने कामहरु हुन थाल्यो ।
नेपाल विभिन्न जातजाति, भाषा, समुदाय आदिको फुलबारी भएकैले जनजाति सम्बद्ध पत्रकारहरुको साझा हकहित र पेशागत मर्यादाका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गठन भयो । हुम्लामा पनि २०८१ साल फागुन ४ गते आइताबारका दिनमा नरजन तामांगको अध्यक्षतामा ९ सदस्यीय फोनिज हुम्ला शाखा गठन भएको छ ।























