मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पुरानै चलनचल्तीमा तेल निकाल्दै : दुर्गमका महिला

उमेश रोकाया
२०८१ फाल्गुन ५ | बिहान ०७:११ बजे

बाजुरा , माघ ०५ । दुर्गम ठाउँका महिला हातले तेल निकाल्ने पुरानै चलनचल्तीमा अझैसम्म चलिरहेको छ । बाजुरा जिल्लाका अधिकास गाउँ घरमा खाने देखि घस्ने तेल ओखलमा २/३ जना महिलाहरु मिलेर तेल पेल्ने गरेको देखिन्छ । महिलाहरू प्राय जिल्लाका धेरै ठाउँमा घरेलु तेल हातले निकाल्ने चलनचल्तीमा रहेको छ । गाउँमा ओखर फुटाउने त्यस भित्र आएको र तिलखुरो संगै मिसाएर तेल पेल्ने चलन पहिला भन्दा आजभोलि घट्दै आएको हिमाली गाउँपालिका – ६ का स्थानीय बाटु रोकायाले बताउनुभयो ।

उहाँले बताउनुभयो , “पुर्खा देखि परम्परा विशेषगरी तिहार र चाडपर्वमा गाउँका महिला ओखलमा तेल पेल्ने चलन अहिलेसम्म रहेकोे छ । गाउँमा बिजुली बत्ती एक दशकौंदेखि सञ्चालनमा आएपनी आधुनिक तेल पेल्ने मेसिन नहुदा दुर्गम ठाउँमा हातले तेल निकाल्ने गर्छन् ।” पहिला धेरै जसो गाउँका महिला तिलखुरो र ओखर मिसाएर तेल पेलेर खाने गरेका र तोरीलाई घरेलु तरिकाले हातले तेल निकाल्ने त्यहीँ तेल टाउकामा लगाउन प्रयोग गर्थे । आजभोलि तोरी उत्पादन पहिला भन्दा अहिले घट्दै गएको पाइन्छ । जसले गर्दा बजारमा आएको तेल प्राय जसो प्रयोग गर्ने गरेको हिमाली गाउँपालिका – ६ का स्थानीय देवकला रोकायाले बताउनुभयो ।

दुर्गम ठाउँका महिला पिडा जस्ताको त्यस्तै समस्या छ्न । गाउँमा बिकास मुहार फेरियो तर महिलाका दुख अहिले पनि उस्तै रहेको छ । आधुनिक जमानामा गाउँ घरका केही जिल्लाका महिलाहरू ओखलमा हातले तेल पेलेर निकाल्न सिस्टम अहिलेसम्म चलेको छ । पुर्खा देखि अहिलेसम्म हातले पिसेर तेल निकासी गरिन्छ । वर्षौंदेखि हातले पेलेर तेल निकाल्ने चलन अहिले धेरै जसो घट्दो अवस्थामा रहेकोे स्थानीय बताउँछन् ।

उहाँले बताउनुभयो , ” महिलाले हातले तेल पिस्ने दुख हटाउन गाउँमा रहेको बिजुली बत्तिबाट चल्ने आधुनिक तेल मिल भए राम्रो हुन्थ्यो । हातले तेल निकाल्ने चलनलाई अन्त्य गर्ने आधुनिक तेल पेल्ने मेसिन भयो भने दुख हराउँदै जाने भएको छ । विद्युतको सहि सदुपयोग गरेर तेल मिल मात्र नभएर धान कुटने र गहुँ, कोदो पिस्ने आधुनिक मिल सञ्चालन ल्यायो भने दुर्गम गाउँका महिलालाई दुख पिडा सहज फेरबदल हुने भएको छ ।” गाउँमा आधुनिक तेल पेल्ने साधन स्रोत जुटाउन सकियो भने त्यसको फाइदा गाउँका सबैलाई छिटोछरितो सेवा सुविधाजनक हुने भएको हिमाली गाउँपालिका – ६ का स्थानीय राजसरी रोकायाले बताउनुभयो ।

कमेन्टहरु