कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पाँच हजारभन्दा बढी भेडा बाख्रालाई पीपीआरको खोप लगाइयो


बाजुरा, माघ ३० । बाजुरा जिल्लाको हिमाली गाउपालिकामा भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्तडी बाजुराको आर्थिक सहयोगमा र हिमाली गाउँपालिका पशु सेवा प्राविधिक सहयोगमा फागुन २ गतेदेखि भेडा र बाख्राहरुलाई पि.पि.आर. खोप लगाएको छ । वडा नम्बर १ बिच्छ्यामा २ हजार ७ सय ३० वटा र वडा नम्बर २ कोट गाउँमा २ हजार ९ सय सहित ५ हजार ६ सय ३० भेडाबाख्रालाई खोप लगाएको हिमाली गाउँपालिका पशु सेवा प्रमुख गौरी पाण्डेले बताउनुभयो ।
भेडाबाख्रामा महामारीका रुपमा फैलिन लागेको पिपिआर रोगलाई नियन्त्रण गर्नका लागि पि.पि.आर. रोग विरुद्धको खोप अभियान संचालन गरिएको हिमाली गाउपालिका पशु सेवा शाखा ना.प्र.स. गौरी कार्कीले बताएका छन । पालिकाको १ र २ वडामा भेडा र बाख्रालाई पि.पि.आर. रोग विरुद्धको खोप अभियान संचालन गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवश्यक खोपको डोजहरु प्राप्त भएकोले बाकी रहेकोे वडा – ५ रुगीन फागुन ५ गते र ६ गते वडा – ६ र ४ को वडा नम्बर ४ फैतीमा फागुन ७ गते अन्तिममा वडा – ७ मा भेडाबाख्रालाई पि.पि.आर. रोग विरुद्धको खोप लगाईने भएको कार्कीले बताउनुभयो ।


















