अन्तराष्ट्रिय कलाकार अशेष डंगोलले शारीरिक रुपले अशक्तका लागि गरिएकाे च्यारिटी कन्सर्ट सम्पन्न


ललितपुर । अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त नेपाली ब्लुज कलाकार अशेष डंगोल उर्फ हिमालयन हेन्ड्रिक्सलको टुगेदर फाेर नेपालद्वारा आयोजित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरूको लागि च्यारिटी कन्सर्ट सम्पन्न भएकाे छ ।
फागुन ३ गते शनिबार ललितपुरको झम्सिखेल अवस्थित मोक्ष ज्ञान मण्डलामा सम्पन्न कार्यक्रममा कार्यक्रमको उद्घघाटनमा प्रेशानी भट्टराई एण्ड डिजएबल सर्भिस संस्थाका गिता भुजेलले हा लाउँछ नि माया लाै ननि तथा निर्मला तामाङले कम्मर भाचाै डम्फुकाे तालैमा नृत्य प्रस्तुुत गरिएकाे थियाे ।
सो कार्यक्रममा विकास श्रेष्ठ (बेश गितार), नितिन राना (र्डम्स), सुरोजल र सरनिल महर्जनले (धिमे, खिँ, भुस्या) बाजा बजाएर कार्यक्रममा अशेष डंगोललाई साथ दिएका थिए ।
अशेष डंगोलले कार्यक्रममा आफ्ना चर्चित गीतहरु इनसर्च टुवर्डस फ्रिडम, जात्रा भाइब, काठमाडौं भाइब साथसाथै नयाँ गीतहरु रिङरोड पारि मेरो बाजेको घर छ र गाउँबाटै घरैबाटै प्रस्तुत गरेका थिए ।
टुगेदर फाेर नेपालकाे आयाेजनामा भएकाे कार्यक्रममा डिजएबल सर्भिस सेन्टर बालाजुु र ब्राइट स्टार सोसाइटी, बाग बजारलाई सहयाेग गरिएकाे थियाे ।























